September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

दोहोरो अंकले ओरालो लागेर २८ सयको बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ४ अर्ब ५८ करोड

दोहोरो अंकले ओरालो लागेर २८ सयको बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ४ अर्ब ५८ करोड

असार २३, काठमाडौं ।

Advertisement

बुधबार सेयर बजारको परिसूचक नेप्से करिब १७ अंकले घटेको छ। १६.९७ अंकको गिरावटपछि परिसूचक २८०१ अंकमा कायम भएको छ। यस दिन ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Advertisement

विकास बैंक र माइक्रोफाइनान्स समूह यस दिन बढेका छन् भने अरु सबै घटेका छन्। विकास बैंक ११ र माइक्रोफाइनान्स १९ अंकले बढे। बैंकिङ ३, ब्यापार १२, होटल तथा पर्यटन ७४, जलविद्युत ५९, फाइनान्स ३२, निर्जीवन बीमा १४४, उत्पादन १३३, अन्य १८ र जीवन बीमा समूह ७५ अंकले घटे।

आजको बजारमा सेञ्चुरी कमर्सियल बैंकको संस्थापक र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर साढे ३ प्रतिशत बढेर कारोबार भएको छ । सिभिल लघुवित्त, सामुदायिक लघुवित्तको ३ प्रतिशत धेरैले बढ्दा साधना लघुवित्त, एभरेष्ट इन्स्योरेन्स संस्थापक, कालिका लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत बढीले बढेको छ ।

यस दिन माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ। सो कम्पनीको मूल्य ५ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ६७७ रुपैयाँमा झरेको छ। त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य पनि ५ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ४५७ रुपैयाँमा झरेको छ। राधी विद्युत, शिवश्री हाइड्रो, घलेम्दी हाइड्रो तथा युनिभर्सल पावर, ओरेन्टल होटल तथा सेन्ट्रल फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ।

 

आजको बजारमा छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । अपर तामाकोशी २६ करोड, हिमालयन डिष्टिलरी साढे २३ करोड, पुनर्बीमा कम्पनी साढे १४ करोड, निर्धन उत्थान लघुवित्त १४ करोड, नेपाल टेलिकम पौने १२ करोड, निफ्रा ११ करोड, एनआईसी एशिया १० करोड, नेपाल इन्सयोरेन्स साढे ९ करोड र सिद्धार्थ बैंकको पौने ९ करोडको शेयर कारोबार भएको छ ।