September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको भाउ भने घट्यो

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको भाउ भने घट्यो

असार २४, काठमाडौं ।

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको १०० रुपैयाँले बढेको हो । पछिल्लो २ दिनमा मात्रै सुन तोलाको ८०० रुपैयाँले महङ्गिएको छ । यसअघि बुधबार सुन तोलाको ४०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँले बढेको थियो ।

Advertisement

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ , तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला  १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार  १० रुपैयाँले  घटेर १ हजार ३१० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।