March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बाढी पहिरोबाट भएको क्षतिका लागि १ अर्व ९२ करोडको बीमा दाबी, कुन क्षेत्रले कति गर्यो दाबी ?

बाढी पहिरोबाट भएको क्षतिका लागि १ अर्व ९२ करोडको बीमा दाबी, कुन क्षेत्रले  कति गर्यो दाबी ?

असार २५, काठमाडौं ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा १ अर्व ९२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । २० वटै बीमा कम्पनीहरूमा १ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो । अविरल वर्षा शुरु भएदेखि यता सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इञ्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

Advertisement

सबै निर्जीवन बीमा कम्पनीमा परेका कूल बीमा माग दावीमध्ये १४१ वटा सम्पत्ति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख ८७ हजार, पाँचवटा सामुद्रिक वीमाको १९ लाख ८१ हजार, छ वटा कृषि बीमाको एक करोड ६२ लाख ५१ हजार, पाँचवटा पशुपन्छी वीमाकाको दुई करोड ३८ लाख ५९ हजार र विविधतफ दुईवटा वीमाको एक करोड ५५ लाख ५१ हजार निर्जीवन बीमा माग दावी परेको बीमा समितिले जनाएको छ ।

Advertisement

यसैगरी, इञ्जिनीयरिङ वीमातर्फ हालैको बाढी पहिरोबाट क्षति भएका १०७ वटा निमाणाधीन आयोजना वीमाको मागदावी ९० करोड सात लाख ३४ हजार, आठवटा निर्माण सम्पन्न आयोजना वीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट वीमाको आठ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा वीमाको एक करोड ५३ लाख तीन हजार रुपैयाँको वीमा माग दावी परेको तथ्यांक बीमा कम्पनीहरुबाट प्राप्त भएको छ । देशभरका विभिन्न नदी तथा खोलामा साना ठूला जलविद्युत् आयोजना, निजी घर र कतिपय होटेल तथा रेस्टुरेण्टलाई बाढीले धेरथोर असर गरेको छ । बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ ।

नदी किनारमा बनेका अधिकांश पक्कि घरका लागि बैंकको ऋण प्रवाह भएको र त्यस्ता ऋण तिरि नसकिएका घरको बीमा अवधि कायमै रहेको छ । यसले निर्जीवन बीमा कम्पनीहरुमाथि ठूलो दायित्व सिर्जना हुने देखिएको छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ ।