August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

विश्व बैंकले दिनेभयो नेपाललाई १० करोड डलर सहायता, विद्यालय र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

विश्व बैंकले दिनेभयो नेपाललाई १० करोड डलर सहायता, विद्यालय र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

असार २५, काठमाडौं ।

विश्व बैंकले नेपालको विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि १० अर्ब सहायता उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले नेपाललाई दिने १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो।

यो सहायता नेपालको विद्यलाय शिक्षा क्षेत्रको सुधारमा ५ करोड डलर परिचालन हुने छ भने स्वास्थ्य क्षेत्रमा ५ करोड हुने छ। नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताएका छन् ।

‘यो सहयोगबाट विद्यालय उमेरका बालबालिकामा सिकाइको कमी र विद्यालय छाड्ने दर न्यूनीकरण गरिनेछ,’ उनले भनेका छन्, ‘उत्तरदायी स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खर्चको कार्यदक्षता बढाएर सार्वजनिक खर्चको चुस्त उपयोग गर्न मद्दत पुग्नेछ ।’

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अतिरिक्त लगानीले सिकाइका कमीको पूर्ति, गरिब छात्रछात्रा लक्षित छात्रवृत्ति, विज्ञान विषयका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसले विद्यालय क्षेत्रका आगामी कार्यक्रमका लागि आधार तयार गर्ने बताइएको छ । मूल्यांकन र तथ्यांक प्रणालीमा सुधार हुन्छ भने सरकारको फ्ल्यागशीप कार्यक्रममा लगानीको न्यूनता पूर्ति हुने विश्व बैंकले उल्लेख गरेको छ । यसले संघीय संरचना अनुरूप कार्यक्रमको कार्यदक्षता र परिणाममुखी बनाउने विश्व बैंकले उल्लेख गरेको छ ।