साना किसान सामुदायिक लघुवित्तको १८ औँ वार्षिक साधारण सभा हँुदै
पुस १४ , काठमाडौँ
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछ ।
हिजोसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुने्छन् । पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ ।
सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ७८ करोड ६० लाख ३४ हजार ९१२.११ रुपैयाँको कुल २८.६८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । संस्थाले अन्य उपयुक्त ‘घ’ वर्गका इजाजत प्राप्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्न उपयुक्त प्रस्ताव देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्यलगायत आवश्यक कार्यहरु गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्ने छ ।
प्रस्तावित लाभांशमा २७.२५ प्रतिशतले हुन आउने २१ करोड ४१ लाख ९४ हजार ५१३.५५ रुपैयाँबराबरको बोनस सेयर र १.४३ प्रतिशतले हुन आउने १ करोड १२ लाख ७३ हजार ३९५.४५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।
प्रतिकृया दिनुहोस्