October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

प्रिमियर इन्सुरेन्सको फेरि ५ लाख ४८ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

प्रिमियर इन्सुरेन्सको फेरि ५ लाख ४८ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

असार २७, काठमाडौं ।
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएको छ ।प्रति कित्ता रु.५५० मूल्य तोकी कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता शेयरको आवेदन खुला गरेको हो ।

आज (असार २७ गते) बाट आवेदन खुला गरेको कम्पनीको शेयरमा आगामी साउन ८ गते सम्म आवेदन पेश गर्न सकिने छ ।यसअघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि कम्पनीले फेरि बिक्रीमा ल्याएको हो ।

आइपिओको विद्यमान संस्थापक, जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले खरिद गर्न सक्ने छन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

Advertisement