April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर आजबाट बिक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर आजबाट बिक्रीमा

असार २७, काठमाडौं ।

Advertisement

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूह सेयर बिक्री खुल्ला गरेको हो ।

Advertisement

जसमा बैंकले मेरो माइक्रोफाइनान्सको ५६ हजार ८ सय ३८ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७३ हजार ७ सय ६५ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५३ हजार ७० कित्ता रहेको छ ।

मेरो माइक्रोफाइनान्सको मूल्य ५३४ रुपैयाँ रहेको छ । त्यस्तै आरएमडीसी लघुवित्तको ४७३ रुपैयाँ र महुली लघुवित्तको ७५२ रुपैयाँ रहेको छ । लगानीकर्ताले आजबाट असार ३१ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । महुली लघुवित्तको सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।