October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, झण्डै २० लाखको हात खालि

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, झण्डै २० लाखको हात खालि

असार २८, काठमाडौं ।

Advertisement

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा  बिहान ९:३० बजे बाँडफाँड  भएको हो ।

Advertisement

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ ।१९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् ।

पहिलो चरणमा बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्ये २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

बाँकी  १९ लाख ९९ हजार ९०० आवेदकको भने हात खाली भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियो । हाल कम्पनीको चुक्तापूँजी  ८ करोड २२ लाख ५० हजार रुपैयाँ  रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ कायम भएको छ । बाँडफाँटमा शेयर प्राप्त गर्ने आवेदकहरुले कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएपश्चात मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता  ११० दशमलव ८४ रुपैयाँ देखि ३३२ दशमलव ५२ रुपैयाँ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोक्ने व्यवस्था छ ।