October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

असार २८, काठमाडौं ।

Advertisement

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने  उक्त रकम बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गर्ने भएको हो ।

Advertisement

बैंकले पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट असार ८ गते मंगलवार ऋणपत्र जारी गर्ने अनुमति पाएको थियो । बैंकले जारी गर्ने ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् । कुल जारी हुने १२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा  र ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।