October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

नेपाल बंगलादेश बैंकबाट आइएफआईसी बैंक बाहिरिने, ३ करोड ६८ लाख संस्थापक सेयर बिक्रीमा

नेपाल बंगलादेश बैंकबाट आइएफआईसी बैंक बाहिरिने, ३ करोड ६८ लाख संस्थापक सेयर बिक्रीमा

असार २९, काठमाडौं ।
नेपाल बंगलादेश बैंकबाट बंगलादेशको आइएफआईसी बैंक बाहिरिने भएको छ। आइएफआईसीले आफ्नो स्वामित्वमा रहेको सबै सेयर बिक्री गरेर बाहिरिन लागेको हो।

Advertisement

ढाकामा रहेको सो बैंकको नेपाल बंगलादेश बैंकमा तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर स्वामित्व  छ। बैंकले पाउने कुनै बोनस सेयर समेत भए त्यो सहित सबै सेयर बिक्री गर्ने जनाएको छ।

Advertisement

नेपाल बंगलादेश बैंकले शेयर बिक्रि गर्ने बारेको जानकारी सहित राष्ट्रिय दैनिकमा ३५ दिनको सूचना प्रकाशन गरिने जनाएको छ । यी शेयर खरिदको लागि पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनी नै रहने बैंकले जनाएको छ । ३५ दिन भित्र पनि शेयर बिक्रि नभएमा अन्य व्यक्ति,संघ , संस्थाको लागि खुला गरिने बैंकले जनाएको छ ।

शेयर खरिदको लागि कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण , फिट एण्ड प्रपर टेस्टबाट संस्थापक शेयर खरिद गर्न योग्य भएको प्रमाण लगायतका कागजात पेश गर्नु पर्ने छ ।