April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

असार ३०, काठमाडौं ।

Advertisement

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्न लागेकाे हाे । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित गरिएको थियो ।

Advertisement

उक्त बैठक आज बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटिको बैठक बसेपछि केन्द्रिय कमिटिको बैठक राख्ने एमालेको तयारी छ । सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग थप रुष्ट देखिएको छ । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष रुष्ट बनेको हो ।

सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ । सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।