चिलिमे जलविद्युत् कम्पनीद्वारा नगद लाभांश वितरण गर्न शुरु
पुस १४ , काठमाडौँ ।
चिलिमे जलविद्युत् कम्पनीले मंसिर ३० गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गर्न शुरु गरेको हो ।
कम्पनीको मंसिर ११ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
हालसम्म पनि हितग्राही खातामा बैंक खातामा अद्यावधिक नगराएका तथा शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीलाई कम्पनीले यथाशीघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराई समयमा नै उक्त लाभांश प्राप्त गर्न अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस्