September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

नबिल बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

नबिल बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

साउन ३, काठमाडौं ।

Advertisement

नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता बराबरको ऋण पत्र जारी गर्न लागेको हो । ऋणपत्रको व्याजदर वार्षिक ८ प्रतिशत रहने बताइएको छ ।

Advertisement

यस मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । त्यस्तै, १२ कित्ता मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ ।

ऋणपत्र खरिदका लागि छिटो मिति साउन १३ गते र सो समयमा पर्याप्त मात्रामा आवेदन नपरे असार २४ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त ऋण पत्रकाे अवधी ७ वर्षको हुने छ । अवधि पूरा भएपछि बक्याैता ब्याज र साँउसहित बैंकले खरिदकर्तालाइ ऋण पत्रकाे रकम फिर्ता गर्ने छ ।

बैंकलाई इक्रा नेपालले निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । बैंकको उक्त ऋणपत्र खरिदका लागि बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।