September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

एनआईसी एशिया बैंकले तीन कम्पनीको ७ लाख ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

एनआईसी एशिया बैंकले तीन कम्पनीको ७ लाख ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

साउन ४, काठमाडौं ।

Advertisement

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको  संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र आरएमडिसि लघुवित्तको गरी कुल ७ लाख ७५ हजार ४७३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

Advertisement

बैंकले मेरो माइक्रोफाइनान्सको न्यूनतम प्रतिकित्ता ५१४ रुपैयाँका दरले १ लाख ६ हजार ३२ कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको न्यूनतम १ हजार २२१ रुपैयाँका दरले ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसि लघुवित्तको न्यूनतम ४८१ रुपैयाँका दरले ३ लाख १९ हजार ६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

शेयर खरिदका लागि आवेदन पेश गर्दा तोकिएको न्यूनतम मूल्य भन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्नुपर्नेछ । उक्त शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी लागायत जो कोहीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साथै आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम लिलामी खुला गरिएको अधिकतम सबै कित्ताको लागि पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन फारम एनआईसी एशिया क्यपिटल बबरमहल काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ ।