September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य

साउन ६, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । बुधबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

गत आइतबार र सोमबार घटे पनि मंगलबार बढेर  सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।

तर यता चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा चाँदीसँगै सुनको मूल्यमा प्रभाव परेको  महासंघले जनाएको छ।

Advertisement