March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

अपि पावरले साउन १३ देखि २ लाख कित्ता शेयर लिलामी गर्दै

अपि पावरले  साउन १३ देखि २ लाख कित्ता शेयर लिलामी गर्दै

साउन ६, काठमाडौं ।

Advertisement

अपि पावर कम्पनीले हकप्रदमा बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । अपिले साउन १३ गतेदेखि उक्त शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

Advertisement

लिलामीमा राखिने शेयरमा साउन २० गतेसम्ममा आवेदन दिनु पर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार कम्पनीको शेयरमा न्युनतम १०० कित्तादेखि सबै शेयरका लागि आवेदन दिन सकिनेछ ।

मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तीसार, मुक्तिनाथ विकास बैंकका शाखाहरु भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, इलाम, पृथ्वी चेक पोखरा, बुटवल, बिराटनगर, बीरगञ्ज, नारायणगट, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट लिलामी शेयरमा आवेदन दिन सकिन्छ । मुक्तिनाथ क्यापिटल लिमिटडका नाममा नगद जम्मा गरी सोको भौचर सहित राखेर आवेदन गर्नु पर्ने क्यापिटलले जनाएको छ ।