September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

त्रिभुवन विमानस्थलकाे गोल्डेन गेटमा ट्राफिक बत्ती जडान

त्रिभुवन विमानस्थलकाे गोल्डेन गेटमा ट्राफिक बत्ती जडान

साउन ७, काठमाडौं ।

त्रिभुवन विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान  गरिएकाे छ । ट्राफिक महाशाखाले यति र तारा एअरलाइन्स प्रालीसँग सहकार्य गरेर ट्राफिक बत्ती जडान गरेको हाे ।

Advertisement

उक्त ट्राफिक बत्तीकाे आज उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

उद्घाटनका क्रममा बाेल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग  समन्वय सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधि तर्फ लिने प्रयास भइरहेकाे बताए।