March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुनको मुल्य ३ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

साउन ८, काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । विहिबारको तुलनामा आज सुनको मुल्य ३००  रुपैयाँले बढेको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला  ९१ हजार ८०० रुपैंयामा कारोबार भएको सुन आज ९२ हजार १ सय रुपैयाँमा कारोबार हुनेछ  ।

आज तेजावी सुन ९१ हजार ६०० रुपैँयामा कारोबार हुने  महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  बिहिबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीमा आज प्रतितोला १० रुपैयाले बढेर १ हजार २८० रुपैयाँमा कारोबार हुने  महासङ्घले जनाएको छ ।

Advertisement