महालक्ष्मी बैंकको सहयोग खगेन्द्र नवजीवन र नन्दी माविलाई
पुस १५ ,काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बैंकको दरबारमार्ग शाखाले आइतवार काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ । बैंकले बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामग्री हस्तान्तरण गरेको हो । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने बैंकले सहयोग गरेको बताएको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गतामैत्री फर्निचर प्रदान गरेको हो । ती कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता थियो ।
यसबीच आइतवार नै बैंकको तीनचुली शाखाले काठमाडौं–७ अवस्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई अपांगतामैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरूलाई अध्ययन गर्न सहज होस् भनी बैंकले अपांगमैत्री फर्निचर प्रदान गरेको उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्