September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

साउन ८, काठमाडौं ।

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ। वाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) शुक्रवारदेखि कार्यान्वयनमा ल्याएको हो। ।

Advertisement

अब सो सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ। सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना तथा राजस्व, बक्यौता, बीमा लगायत विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  भौतिक योजना मन्त्तालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्‍घाटन गरे। उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत तिरेका थिए।

प्रदेश सरकारले दुई वर्ष अघि डिजिटल प्रदेश बनाउने घोषणा गरेअनुसार यसले गति लिन थालेको उनले बताए। पौडेलले यस अभियान सफल  भएपछि राजस्वमा वृद्धि हुनुका साथै सेवाग्रहीहरुको समय बचत एवं पारदर्शी पनि हुने दावी गरे। यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी सधानहरुको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवा प्रवाहलाई सेवाग्रही मैत्री बनाउने सरकारको नीति अनुरुप स्थापना गरिएको मुख्यमन्त्री पौडेलले बताए।