September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

काठमाडौं उपत्यकामा संक्रमणदर तीव्र बढ्न थालेपछि निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकामा संक्रमणदर तीव्र बढ्न थालेपछि निषेधाज्ञा थप गर्ने तयारी

साउन १०, काठमाडौं ।

Advertisement

पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाको समयावधि आज राति १२ बजेदेखि सकिँदैछ। निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर तीव्र बढ्न थालेपछि केहि कडा गरि निषेधाज्ञा थप गर्न लागिएको ।

Advertisement

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याएर कडाइ गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। गत वैशाख १६ मा सुरु भएको निषेधाज्ञा पछिल्लो समय खुकुलो पार्दै लगिएको थियो।  काठमाडौंमा निषेधाज्ञा खुकुलाे पारिएसँगै शनिबारदेखि मध्यम तथा लामो दूरीका सवारीका साधनसमेत चल्न थालेका छन्। केही दिनअघिसम्म २० प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर अहिले २५ प्रतिशत नाघेको छ।

पछिल्लो समय रेस्टुरेन्ट तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ। त्रिविले रोकिएका परीक्षा लिन थालेको छ। त्यसैले स्वास्थ्य मापदण्ड कडाइ गर्दै निषेधाज्ञा पुनः एक साता थप गरिने स्रोतले बताएको छ।