December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

बुद्ध एयरले साउन १६ गते देखि पोखरा –नेपालगञ्ज पोखरा सिधा उडान भर्ने

बुद्ध एयरले साउन १६ गते देखि पोखरा –नेपालगञ्ज पोखरा सिधा उडान भर्ने

साउन १०, काठमाडौं ।
बुद्ध एयरले पोखरा –नेपालगञ्ज पोखारा सिधा उडान भर्ने भएको छ । बुद्ध एयरले आगामी साउन १६ गते आइतबारदेखि पोखरा –नेपालगञ्ज पोखारा सिधा उडान भर्न लागेको हो । सुरुवातमा सातको ३ दिन आइतबार , बुधबार र शुक्रबार उडान भने पनि यात्रुको माग अनुसार उडान थप्दै लैजाने योजना भएको बुद्ध एयरले जनाएको छ । पोखरा –नेपलागञ्जको उडानबात दुवै शहरका जनता लाभान्ति हुने भन्दै यी ठाउँ पर्यटकीय स्थलमा चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ , कानपुर आदि गन्तव्यका पर्यटक पनि यो उडानमा आकर्षित हुने बुद्ध एयरले जनाएको छ । यो रुटको भाडा बुद्ध एयरले पुरा भाडा ४९३५ तोकेको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक हालिडी प्याकेजहरु पनि सञ्चालन गर्नेछन् । बुद्ध एयरसगै ७२ सिट एटीआर –७२ जहाज १० वटा , ४२ सिटे एटीआर –४२ जहाज ३ वटा र दुई वटा बीचक्रफ्ट जहाजहरु रहेका छन् ।

 

Advertisement