September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

साउन १०, काठमाडौं ।
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले  प्रधानमन्त्रीको पदभार ग्रहण गरेको १३औँ दिनको दिन आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेका हुन् । श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।

Advertisement