April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्बियाे, के गर्न पाइन्छ–के गर्न पाइँदैन ?

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्बियाे, के गर्न पाइन्छ–के गर्न पाइँदैन ?

साउन १०, काठमामाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो। उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको थियो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेध आदेशअनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी गर्न पाइने छैन । यस्तै चलचित्र हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, सङ्ग्रहालय र दर्शकसहितका खेलकुदका गतिविधि गर्न पाइने छैन । यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेक मन्दिरहरू बन्द रहने छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म ढुवानीका साधन चलाउन पाइने छैन ।

Advertisement

भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन तर एउटा कोठामा बढीमा २५ जना राखेर स्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । साथै भौतिक रूपमा गर्नै पर्ने गोष्ठी, सेमिनार तथा तालिममा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन पाइने छैन । काठमाण्डौ भित्रिने सार्वजनिक गाडी यसअघि नै सञ्चालन गर्न दिइसकेकाले यातायातमा स्वास्थ्यमा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।