September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

साउन ११, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता शेयर सूचीकृत भएको हो ।

Advertisement

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि रू. ३९ लाख ८६ हजार ८४२ दशमलव ११ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजारको आधारमा ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।