March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

साउन १४, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो । जसअनुसार आज सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ । बुधबार चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement