April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मैलुङखोला जलविद्युतको ७ करोड ३६ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला

मैलुङखोला जलविद्युतको ७ करोड ३६ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला

साउन १४, काठमाडौं ।

Advertisement

आज बाट मैलुङ खोला जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ ।  सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

Advertisement

जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १०  कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८.५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।