September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

साउन १४, काठमाडौं ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।  सर्वोत्तम सिमेन्टले बुक विल्डिङ मार्फत जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन दिने स्पष्टीकरण सोधेको हो ।

Advertisement

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले  छोरीको नाममा ११ हजार नौ सय कित्ता शेयर किनेको र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार आएको थियो । मन्त्रालयले बिहीबार सत्य तथ्य विवरण ३ दिन भित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डको नाममा निर्देशन जारी गरेको हो।