September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

कोटेश्वरमा दाहाल–नेपालबीच छलफल

कोटेश्वरमा दाहाल–नेपालबीच छलफल

साउन १४, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन् । केहीबेर अघि कोटेश्वर पुगेका प्रचण्डले आज भएको गठबन्धनको बैठकका निर्णयबारे नेपाललाई ब्रिफ गर्दैछन् । आज विहान बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

Advertisement

यसअघि पाँच दलीय गठबन्धनको बैठकमा नेपालका पनि प्रतिनिधि हुने गरेका थिए । तर, आजको बैठकमा नेपालका प्रतिनिधि थिएनन् । आज भएको गठबन्धनको बैठकले मन्त्रालयहरुको बाँडफाँडबारे छलफल गरेको थियो । नेपाल समूहलाई पनि सरकारमा आउन प्रचण्डले यसअघि पनि अनुरोध गरेका थिए । आजको भेटमा पनि प्रचण्डले नेपाल समूहलाई बैठकमा आउन अनुरोध गर्ने बताइएको छ ।