February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

ललितपुर महानगरले ४५ वर्ष माथिका नागरिकलाई खाेप लगाउँदै

ललितपुर महानगरले ४५ वर्ष माथिका नागरिकलाई खाेप लगाउँदै

साउन १५, काठमाडौं ।

Advertisement

ललितपुर महानगरपालिकाले आज देखि भेरोसेल खोप लगाउने भएको छ। महानगरले ४५ वर्षदेखि माथि उमेर भएका नागरिकलाई खोप लगाउन लागेको हो।  महानगरपालिका भित्र बसोबास गर्ने ४५ वर्षमाथिका सबै नागरिकका लागि आजबाट सुरुभएको खोप कार्यक्रम आइतबारसम्म चल्ने महानगरले जनाएको छ। महानगरपालिका भित्रका २९ वटै वडामा कार्यक्रम सञ्चालन हुनेछ।

महानगरपालिकाले जारी गरेको सूचनामा खोप लगाउनका लागि आफ्नो वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ। महानगरपालिकाका अनुसार भेरोसेलको खोप कार्यक्रम आइतबार सकिएपछि सोमबारबाट जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ।

यसैगरी गोदावरी नगरपालिकामा  ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं  ‘क’ र ‘ख’ वर्गमा परेका  अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ ।