March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

शिल्पा पुगिन् अदालत, मागिन् २५ करोड भारुको क्षतिपूर्ति

शिल्पा पुगिन् अदालत, मागिन् २५ करोड भारुको क्षतिपूर्ति

साउन १५, काठमाडौं ।

Advertisement

अहिले भारतीय सञ्चार माध्यममा व्यवसायी राज कुन्द्राको विषयले प्रमुख स्थान पाइरहेको छ । अश्लिल भिडिउो उत्पादन र विक्रि गरेको आरोपमा पक्राउ परेका कुन्द्रामाथि विभिन्न आरोपहरु लागिरहेका छन् । सञ्चारमाध्यमले पनि सोही विषयहरुलाई प्रमुखताका साथ स्थान दिइरहेका छन् । यसैबीच अभिनेत्री तथा कुन्द्रकी पत्नी शिल्पा सेट्टी सञ्चार माध्यमले गलत सूचना सार्वजनिक गरेको भन्दै क्षतिपूर्तिको माग राख्दै अदालत पुगेकी छन्।

Advertisement

केही सञ्चार माध्यमले आफ्नो बारेमा ‘गलत, झुठो, दुर्भावनापूर्ण र मानहानी’ गर्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै २५ कराेड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गर्दै उनले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्। भारतीय सञ्चार माध्यम एनिका अनुसार उनले २९ सञ्चार माध्यम विरुद्ध छवि बिगार्ने खालका सामग्री प्रशारण गरेको आरोप लगाएकी छन्।

शिल्पाका श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा प्रहरीको अनुसन्धानमा छन्। अघिल्लो साता कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेपछि शिल्पाका बारेमा लगातार समाचार आइरहेका छन्। मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम ब्रान्च एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

कुन्द्रालाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अदालतमा उनको मुद्दाको सुनुवाई शुक्रबार हुँदैछ। सोधपुछका क्रममा अहिलेसम्म शिल्पा र उनका परिवारको यस मुद्दामा संलग्नता नदेखिएको भए पनि उनी र उनको परिवारको छवि बिगार्ने आशयका सामाचार सामग्री प्रशारण भएको भन्दै उनले मुद्दा दायर गराएकी हुन्। उनले उल्लेखित सञ्चार माध्यममा प्रकाशित समाचार र भिडियोहरु डिलिट गरिनुपर्ने र उनी र उनको परिवारसँग माफी मागिनुपर्ने माग रोखेकी छन्।