March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान,

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान,

साउन १७, काठमाडौं ।

Advertisement

बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो । पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ।

Advertisement

१८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु भएको हो । आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा गएका छन्। पोखरा जान थालेका यात्रुलाई नेपालगञ्जमा पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठलगायतले स्वागत तथा विदाई गरेका थिए।  यसअघि नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) बाँके र नाटा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट फाल्गुन ७ गतेदेखि शुक्रबार र आइतबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज चार्टर उडान भएको थियो।

बुद्धले पोखरा–नेपालगञ्ज उडान सुरु गरे संगै गण्डकी र लुम्बीनी प्रदेशका दुई सहर संग सिधै पर्यटक आउजाउ गर्न सक्ने भएकोले गर्मी छल्न नेपाली र भारतीय पर्यटक सिधा पोखरा आउन सक्ने अवस्थाको सृजना भएको नाट्टा गण्डकीका एयर टिकटीङ संयोजक सन्दिप श्रेष्ठले बताए । उडान सुरु नहुँदै स्वदेशी र विदेशी पर्यटकले पोखराबाट नेपालगञ्ज जाने र नेपालगञ्जबाट पोखरा आउने विमान चल्ने नचल्ने बारे निकै सोधखोज गर्ने गरेको पनि उनले बताए ।

पोखराबाट बिहान ९ बजेर १० मिटेमा जहाज नेपालगञ्जका लागि उड्ने छ । यसै गरी नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुने बरालले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारका भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा फुल फेयर ७६ सय ३५ रुपौयाँ पर्ने छ । मध्यमस्तरको भाडादर ५५ सय ३५ रुापैयाँ र सस्तो भाडादर ४९ सय ३५ रुपौयाँ हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनै थालेकोले पनि पोखरालाई आधार बनाएर विभिन्न सहर जोड्ने गरी उडान सुरु गरेको बुद्ध एयरले बताएको छ ।