September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

वोमी लघुवित्तको खुद नाफा ६६६.८१ प्रतिशतले बढ्यो

वोमी लघुवित्तको खुद नाफा ६६६.८१ प्रतिशतले बढ्यो
साउन १८, काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६६६.८१प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा वोमीले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ करोड ९ लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी ८७.२६% र सञ्चालन नाफा ५७९.१०% ले सुधार भएपछि खुद नाफामा पनि आकर्षक वृद्धि भएको हो ।
यता, रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानी लगायत सूचकमा पनि विस्तार भएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५९ पैसाले बढेर ३८ रुपैयाँ ९७ पैसा पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा मात्रत्र थियो । यसअघि वोमीले ग्रामीण स्वयं सेवक लघुवित्तसँग मर्ज गरेर एकीकृत कारोबार गरेको थियो ।

Advertisement