September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ र १८२ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

९१ दिनको ट्रेजरी बिल कार्तिक १६ गते परिपक्क हुनेछ । भने १८२ दिनको ट्रेजरी बिल माघ १८ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर साउन १९ गते (मंगलबार) बिक्री हुनेछ ।

Advertisement