April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

साउन १८, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी  सुविधा नलिने  बताएका  छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् । आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा बताएका छन् । उनले पदमा बहाल रहँदा स्वार्थ बाझिन सक्ने भन्दै कुनै पनि व्यापार व्यवसायमा संलग्न नहुने पनि बताए ।

उनले भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि व्यक्तिगत सम्पूर्ण व्यवसायबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि व्यापार व्यवसायमा संलग्न नुहने घोषणा गर्दछु।’ आफूले व्यवसायको कार्यकारी पदीयबाट कानूनी रुपमा त्याग गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन्। शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका थिए ।

Advertisement