September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

शेयर बजार सामान्य अंकले बढ्दा झण्डै ११ अर्बको कारोबार

शेयर बजार सामान्य अंकले बढ्दा झण्डै ११ अर्बको कारोबार

साउन १८, काठमाडौं ।

साताको दोस्रो कारोबारको दिन सोमवार सेयर बजार परिसूचक (नेप्से) ४.०६ अंकले बढेको छ । यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.१३ प्रतिशतले बढेर ३०८५.०७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३० अंकले बढेर ५७२.४६ बिन्दुमा पुगेको छ ।यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

Advertisement

त्यस्तै, २ सय २६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको खरिद बिक्री भएको छ ।

 

यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ । त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङ्गको ०.०९ प्रतिशत बढेको छ। कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन गुराँस लघुवित्त र घलेम्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी फस्ट माइक्रोफाइनान्स, युनिभर्सल पावरको ९ प्रतिशत आँखुखोला हाइड्रोपावर ८ प्रतिशत तथा समृद्धि फाइनान्स, आरएसडिसी, युनियन हाइड्रोपावर, सबैको लघुवित्त र साना किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार अरूण काबेली पावरको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । कम्पनीको ३७.७५ करोडको शेयर कारोबार भएको छ । युनिभर्सल पावर, फस्र्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोषको पनि ३० करोडभन्दा बढीको शेयर कारोबारमाअ आएको छ ।

सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरूमारिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हिमाल दोलखा हाइड्रोपावर, सीनर्जी पावर र अरूण भ्याली हाइड्रोपावर रहेका छन् । दशौं ठूलो कारोबार भएको अरूण भ्यालीको २२ करोडको शेयर खरीद बिक्री भएको छ ।