September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

नेप्से दोहोरो अंकले बढ्यो, १५ अर्ब ५९ करोडको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, १५ अर्ब ५९ करोडको कारोबार

साउन २०, काठमाडौं ।

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार परिसूचक १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ । बुधबार कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

Advertisement

बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो ।आज कूल १३ उपसमूहमध्ये ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसमूहको घटेको छ । बुधबार खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युत बाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो । अन्य समूहको परिसूचक भने घटेको छ । बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्स लगायत कम्पनी छन् । यस दिन सबैभन्दा बढी कारोबार भने अपि पावर कम्पनीको भएको छ ।