टिआर कर्जाको सीमा ९० दिनमा झर्यो
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको छ । अघिल्लो वर्ष ९० दिनबाट १८० दिन टिआर कर्जाको सिमा बनाएको केन्द्रिय बैंकले यसलाई पुनः ९० दिनमा झारिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै टिआर ऋणको सिमालाई ९० दिनमा झारेको हो ।
विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन् । सामान आएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ । अघिल्लो वर्ष यसलाई बढाएर १८० दिन पुर्याएको थियो । यस्तै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित भएका व्यवसायीहरु होटल, ट्रेकिङ, हवाई लगायतलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वयलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
त्यसैगरी राष्ट्र बैंकले उद्योग स्वयमले आफ्नो प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ र मेशिन तथा अन्य यन्त्र उपकरणहरु आयात गर्दाको भुक्तानी गर्ने प्रयोजनाका लागि अधिकताम ९० दिनसम्म बैंकहरुले आयातकर्तालाई विदेशी परिबत्र्य मुद्रामा ऋण दिन सक्नेछन् । यस्तो ऋणको ब्याजदर भने बैंकहरुले आफैले निर्धारण गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्