March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट (पूर्णपाठसहित)

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट (पूर्णपाठसहित)

भदौ २५, काठमाडौं ।

Advertisement

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् ।  अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री  शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।

Advertisement

आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए । यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए । शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए । अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उनले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताए ।

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/09/1631269940_प्रतिस्थापन-विधेयक-Final-Press.pdf” title=”1631269940_प्रतिस्थापन विधेयक Final – Press”]