झिनो अंकले बढ्यो नेप्से,९ अर्ब २९ करोडको कारोबार
भदौ २८, काठमाडौं ।
साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार झिनो अंकले बढेको छ । आज कारोबारको अन्तिम समयसम्ममा नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।
कूल २२६ वटा कम्पनीको एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
आज बैंकिङ १६, विकास बैंक ४, फाइनान्स २, होटल तथा पर्यटन ४, जीवन बीमा ८५, निर्जीवन बीमा १९८ र ब्यापार समूह २९ अंकले बढेका छन्।अन्य ८, लघुवित्त ३१, उत्पादन ९३ र जलविद्युत समूह ९० अंकले घटेका छन्। तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। मूल्यवृद्धिसँगै अजोडको प्रतिकित्ता ८५९, मनकामना स्मार्टको ६८७ र सानिमा लाइफको ६६१ रुपैयाँ कायम भएको छ।
त्यस्तै कालिका पावर कम्पनीको मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले घटेको छ। रैराङ हाइड्रोपावरको मूल्य ५.६ प्रतिशतले घट्यो भने ग्रीनलाइफ हाइड्रोको मूल्य ५.३ प्रतिशतले घट्यो। युनिभर्सल पावर र माउन्टेन हाइड्रोको मूल्य पनि ५ प्रतिशतले घटेको छ। सोमबार अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
प्रतिकृया दिनुहोस्