March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा

भदौ ३०,काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकका २ जना संस्थापक सेयरधनीले २८ हजार ७८४ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी शशी कार्कीले २० हजार ७८४ र शोभा मिश्रले ८ हजार कित्ता आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।
यसमा सुरुमा बैंकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisement