April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

भदौ ३१, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहिबार २० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न  राष्ट्रबैंकले रिपो जारी गर्ने भएको हो । भदौ ३१ गते जारी हुने रिपो असोज १४ मा परिपक्व हुने छ ।

Advertisement

केन्द्रीय  तरलता न्यून हुँदा रिपो बैंकले २ हप्ते अवधिको निक्षेप संकलन तथा रिपो र अधिक हुँदा रिभर्स रिपो  जारी  गर्ने व्यवस्था छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउने छ । यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने बैंकले जनाएको छ ।

Advertisement

राष्ट्र बैंकले यसअघि भदौ २४ मा पनि ३० अर्बको रिपो जारी गरेको थियो। पछिल्लो समय बजारमा तरलता घटेको छ । प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो । यो उपकरणमार्फत  बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोलमा सहभागी हुनका लागि क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थाहरुले संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट र उल्लेखित सुरक्षा को मूल प्रतिलिपिसहित लिलामी हुने मितिको सवा ३ बजे भन्दा पहिले पेश गर्नुपर्ने छ ।

के हो रिपो ? 
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधि (अधिकतम सात दिन) को लागि तरलता प्रवाह  गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा बित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित ब्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिंग प्रणालीमा तरलता प्रबाह हुन जान्छ।

यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधिबाट सबैभन्दा बढी ब्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा बित्तिय संस्था बाट एकमुष्ट रुपमा साँवा ब्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ। बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ ।  रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट भएको हुनुपर्दछ । अन्यथा रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।