August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

आफुखुसी व्याजदर बढाउने बैंकलाई तत्कालै घटाउन राष्ट्र बैंकको निर्देशन

आफुखुसी व्याजदर बढाउने बैंकलाई तत्कालै घटाउन राष्ट्र बैंकको निर्देशन

असोज ६, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकले आफुखुसी व्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई  तत्कालै घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्तीय संस्था संघका अध्यक्षहरुलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन दिएको हो ।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । जसले गर्दा बैंक तथा वित्त कम्पनी असोज १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका छन् ।

Advertisement

केही बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको निक्षेपको स्पे्रडदर उल्लंघन गर्दै निक्षेपको ब्याजदर घोषणा गरेपछि राष्ट्र बैंकले बैंकरहरुलाई बोलाएको हो ।केही बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको निक्षेपको स्पे्रडदर उल्लंघन गर्दै निक्षेपको ब्याजदर तोक्दै आएका छन् । राष्ट्र बैंकले दिएको निर्देशनविपरित बैंकहरुले बचतमा दिने ब्याजदर र मुद्दति निक्षेपमा दिने ब्याजदर ५ प्रतिशतको अन्तर पनि कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिबाट कर्जा (पुँजी निक्षेप अनुपात) सीसीडी रेसियो खारेज गरेपछि बजारमा तरलता अभाव बढेको विश्लेषण गर्न थालीएको छ । लामो समयको कोभिड प्रभावपछि बजार खुलेसँगै कर्जाको माग पनि बढेको छ । तर आबश्यक अनुरुप निक्षेप संकलन भने भएको छैन ।  आर्थिक वर्षको सुरुवातदेखिनै आक्रामक रुपमा ऋण लगानी गर्ने बैंकहरुको प्रवृत्तिका कारण बैंकिङ प्रणालीमा सँधै तरलता अभावको समस्या निम्तिने गरेको छ ।

राष्ट्र बैंकले गत वर्षको साउनमा निर्देशन जारी गर्दै बैंक तथा वित्त कम्पनीले बचत र मुद्दति निक्षेपको ब्याजदरमा ५ प्रतिशतको अन्तर (स्प्रेडदर) कायम गर्नुपर्ने उल्लेख छ । आगामी महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको थियो । साथै, एकपटक सार्वजनिक गरेको ब्याजदर एक महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्थासमेत गरिसकेको छ ।

तर, बैंक तथा वित्त कम्पनीहरुले यस पटक भने असोज महिनामा लागू हुने निक्षेपको ब्याजदर भदौ मसान्तअघि नै सार्वजनिक गरेका छन् । केही बैंक तथा वित्त कम्पनीले यसअघि सार्वजनिक गरेको ब्याजदर एक महिना नपुग्दै पुनरावलोकन भन्दै नयाँ ब्याजदर घोषणा गरेपछि केन्द्रिय बैंकले आफुखुसी व्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई  तत्कालै घटाउन निर्देशन दिएको हो ।