हिमालय उर्जाको बार्षिक साधारणससभा आज
पुस २५ , काठमाडौं ।
२०५६ सालमा स्थापना भएको हिमालय उर्जा विकास कम्पनीको साधारण सभा थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा सञ्चालक समितिका लागि संस्थापक समूह र सर्वसाधारण समूहको निर्वाचन गर्ने एजेन्डा पेश हुँदैछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छन् ।
यस कम्पनिले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ ।
कम्पनिले बार्षिक साधारण सभाको लागि यहि पुस १३ गते देखि २५ गतेसम्म बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । गत वर्षको चैतमा १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
अपर खिम्ति २ को ७ मेगाबाट परियोजनाको विद्युत उत्पादन अनुमतिपत्र बाँकी अवधि ३१ वर्ष छ । लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि ९.४३ वर्ष रहेको छ । उपल्लो खिम्ति र अपर खिम्ति २ जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार छ ।
आयोजनाको प्रतिमेगावट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीको उपल्लो खिम्ति र अपर खिम्ति २ गरी कुल १९ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्