August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा विस्तार

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा विस्तार

मेगा बैंक नेपालले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ । यस आर्थिक वर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । छिटै थप ३ वटा शाखा विस्तार गर्ने तयारी रहेकाे मेगा बैंकले जनाएकाे छ ।

Advertisement