April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रिज लाइन ईनर्जीले २० करोड ८२ लाखको आईपीओ निष्काशन गर्ने

रिज लाइन ईनर्जीले २० करोड ८२ लाखको आईपीओ निष्काशन गर्ने

असोज १२, काठमाडौं ।

रिज लाइन ईनर्जीले २० करोड ८२ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पुँजीको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट बसन्त गिरी र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले गोरखाको अजिरकोट-२ चेपेनदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

Advertisement