राष्ट्रिय वाणिज्य बैंकको कारोबारमा क्यास ब्याक अफर
राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पाईन्ट अफ सेल को माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको पाईन्ट अफ सेलको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।
यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय ६ देखी १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको स्वाइपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्