तीन दिनपछि ५० अंकले बढ्यो सेयर बजार, सबै समूहमा हरियाली
लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ ।आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्। बुधबार ग्रीन डेभलपमेन्ट बैंक, अपि पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदिमर्दी, कालिका पावर, हिमालयन उर्जा विकास कम्पनी, कालिका लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।
यसदिन मेगा बैंकको शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंक डिबेञ्चर २०८५, र युनिलिभर नेपाल लिमिटेडको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ । यसदिन अपि पावरको २२ करोडको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आईसीएफसी फाइनान्सको १५ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।
प्रतिकृया दिनुहोस्