March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

जीवन बीमा कम्पनीद्धारा पहिलो त्रैमासमा ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन

जीवन बीमा कम्पनीद्धारा पहिलो त्रैमासमा ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन

कार्तिक ८, काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य मात्रामा बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार तीन महिना जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरुले असोज मसान्तसम्ममा प्रथम बीमाशूल्क वापत ९ अर्ब ८४ करोड, नवीकरण बीमा शुल्क वापत २८ अर्ब र वैदेशिक रोजगार बीमाशुल्क वापत ३३ करोड ५२ लाख रुपैयाँ गरी सो रकम संकलन गरेका छन् । उक्त अवधिमा कम्पनीहरुले ८४ लाख ६१ हजार ६७६ वटा बीमालेख जारी गरेका छन् ।

Advertisement

गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको सोहि अवधिको तुलनामा बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले बजार विस्तार गर्न सफल भएका छन् । बीमा समितिका अनुसार सबैभन्दा धेरै नेपाल लाइफले बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा नेपाल लाइफले ९ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । यस कम्पनीले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले एक अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Advertisement

त्यस्तै, तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, धेरै बीमा शुल्क आर्जन गर्नेको चौथो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालू आर्थिक वर्षको तीन महिनामा ३ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । असोज महिनामा मात्रै यस कम्पनीले एक अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै,  युनियन लाइफले एक अर्ब ८९ करोड, सिटिजनले १ अर्ब २७ करोड ११ लाख, प्राइम लाइफले एक अर्ब १८ करोड रुपैयाँ, सूर्या लाइफले एक अर्ब १४ करोड, एशियन लाइफले एक अर्ब ५९ करोड ६२ लाख, मेट लाइफले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यस्तै, ज्योति लाइफले ८० करोड ७५ लाख, सन नेपालले ९२ करोड ३१ लाख, रिलायन्सले ७९ करोड ९७ लाख, रिलायबल नेपाल लाइफले ९७ करोड १० लाख,सानिमा लाइफले ५५ करोड ९२ लाख रुपैयाँ र आइएमई लाइफले ८० करोड ७२ लाख रुपैयाँ, गुँरास लाइफले ८७ करोड १९ लाख बीमाशुल्क संकलन गरेका छन् ।