April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सामलिङ्ग पावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

सामलिङ्ग पावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते बिहीबारदेखि सर्वसाधारणमा जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको छ । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् ।आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यद्यपी कम्पनीको शेयर ६७ हजार ८९० जनाले मात्र पाउने भएकाले दश कित्ताको आवेदन नै यो निष्काशनका लागि प्रयाप्त हुनेछ ।

सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

Advertisement